गायक राजसागरको ‘गाजल नलगाउ’ सार्वजनिक

गायक राजसागरको ‘गाजल नलगाउ’ सार्वजनिक
+
-

काठमाडाैँ- गायक राजसागरको स्वरमा सजिएको गीति कोसेली ‘गाजल नलगाउ’ सार्वजनिक भएको छ।

राजसागर अफिसियल च्यानलबाट सार्वजनिक भएको गीत ‘गाजल नलगाउ’ कमल बाछिटेले लेखेको हुन्। राजसागरकै संगीतमा सार्वजनिक गीत माया, प्रेम, सौन्दर्य र सम्बन्धमा केन्द्रित छ।

गीतको म्युजिक भिडियो निर्देशक नितिन चन्दले गरेका हुन। भिडियोमा स्वयं गायक संगीतकार राजसागर, मोडल विक्रम पोखरेल ॠषि, स्मारिका ढकाल र रोजन सुन्दासको अभिनय रहेको छ।

गीतको संगीत संयोजन सन्जिव वराईलीले गरेका हुन भने, ध्वनि मुद्रण श्यामश्वेत रसाईलीले गरेका हुन। मोडल स्मारिका ढकाल नवोदित लोकप्रिय कलाकार हुन।

गायनको माध्यमबाट सामाजिक सेवा गदै आएका कलाकार राजसागरले विभिन्न परोपकार कार्यमा योगदान गदै आएका छन्। मृगौला रोगबाट पीडित सुरेश बिक, क्यान्सर पीडित बालक विप्लव पौडेललाई उपचारमा सहयोग गरेका छन्।

महाभूकम्पबाट भत्किएको चाँगुनारायण उच्च माध्यमिक विद्यालय को जिर्णोद्धारको लागि उनले आर्थिक सहयोग गरेका छन्। पत्रकार कुमार अछामीको उपचारको लागी रू पाँच लाख प्रदान गरेका राजसागरले युद्ध पीडित युक्रेनी बालबालिकाको सहयोगार्थ रु एक लाख २१ हजार प्रदान गरेर आफ्नो परोपकारी योगदान गरिसकेका छन्।

यसैबीच हालै सार्वजनिक गीति उपहार ‘गाजल नलगाउ’को गीतमा केन्द्रित टिकटक प्रतिष्पर्धा गररे पुरस्कृत गरिने भएको छ।

प्रतियोगितामा प्रथम हुने प्रतिष्पर्धीलाई करिब ५० हजार बराबरको लेनोभो ब्राण्डको ल्यापट पुरस्कार दिईने जनाईएको छ। गायक राज सागरले यस अघिनै करिब ३ सय गीतमा आफ्नो स्वर तथा संगीत भरेका छन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष