रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा
+
-

पोखरा – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ। उनलाई बिहान करिब २ बजेर ४५ मिनेटमा जिप्रका कास्की पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। उनी कास्की प्रहरीको हिरासतमा छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौँस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी उनलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याइएको हो। पोखरा पुगेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो।

लामिछानेलाई कास्की प्रहरी कार्यालय पुर्‍याउँदा राप्रपा उपाध्यक्ष स्वर्णिम वाग्ले त्यहाँ पुगिसकेका थिए। उनीसँगै केही कार्यकर्ता पनि त्यहाँ थिए।

रास्वपाका अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेल पनि काठमाडौँबाट सडकमार्ग हुँदै त्यहाँ पुगेका थिए। हिरासतमा वाग्ले, अर्याल र पौडेलले उनलाई भेटेका थिए।

सहकारी ठगी प्रकरणमा सूर्य थापा नेतृत्वको समितिले अनुसन्धान सिफारिस गरेपछि लामिछाने पक्राउ परेका हुन्। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा छ। यसअघि गोर्खा मिडियाका अर्का सञ्चालक छविराज जोशी पक्राउ परेर अनुसन्धानका लागि कास्की प्रहरीको थुनामा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?