आफ्नै श्रीमतीलाई भान्से राखेर तलब खुवाउँदै सुदूरपश्चिमका वनमन्त्री चाैधरी

आफ्नै श्रीमतीलाई भान्से राखेर तलब खुवाउँदै सुदूरपश्चिमका वनमन्त्री चाैधरी
+
-

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशाेर चाैधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको पाइएको छ।

साउन २२ गते मन्त्री नियुक्त भएका लक्ष्मणकिशाेरले आफ्नै श्रीमती सरस्वती चाैधरीलाई भान्सेमा नियुक्ति गरेर तलब खुवाइरहेका छन्।

नागरिक उन्मुक्ति पार्टीकाे तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ काे १ बाट निर्वाचित लक्ष्मणकिशाेर यसअघि छाेटाे समयका लागि सामाजिक विकासमन्त्री पनि बनेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यसमेत हुन्।

यता, मन्त्री लक्ष्मणकिशाेर चाैधरीले भान्सेका रुपमा एक जना मुक्तकम्लरी राखेकाे तर आफ्नाे स्वास्थ्य अवस्था जटिल रहेकाले श्रीमतीले खाना पकाउने गरेकाे दावी गरेका छन्।

‘म लामाे समयदेखि विरामी छु, चिल्लाे, पिराे खान मिल्दैन, श्रीमतीलाई मेराे स्वास्थ्य र खानाका बारेमा थाहा छ। मलाई श्रीमतीले खाना पकाउँछिन् अरुलाई भान्सेले। उनी किड्नीकाे बिरामीसमेत हुन्,’उनले भने। उनले यसाे दावी गरेपनि मन्त्रालय स्राेतका अनुसार उनले आफ्नाे श्रीमतीलाई भान्सेमा नियुक्ति गरेर तलबसमेत खुवाइसकेका छन्।

यीनै मन्त्री लक्ष्मण किशाेरले मन्त्रालयका एक जना कार्यालय सहयाेगीलाई आफ्नाे घरमा निजी काममा समेत लगाएकाे आराेप छ।

मन्त्रालय स्राेतका अनुसार मन्त्री लक्ष्मण किशाेरले मन्त्रालयका कार्यालय सहयाेगीलाई घरेलु काममा लगाइरहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष