
काठमाडौँ– लेमिनार टायल्सको उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएसओ मापदण्डहरूको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरूको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ।
आफूलाई नेपालको सबैभन्दा पहिलो र एकमात्र भिट्रिफाइड टायल ब्रान्ड भनेर दाबी गर्ने कम्पनीले यस प्रमाणपत्र प्राप्त गर्नु राष्ट्रकै गौरवको विषय भएको बताएको छ।
लुम्बिनी सेरामिक्सले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र व्यवसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१ः२०१८ गरी तीनवटा विधाहरूमा प्रमाणपत्र पाएको हो।
अन्तराष्ट्रिय मान्यता बोकेको आईएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय व्यवस्थापन, वातावरणीय व्यवस्थापन र व्यवसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ ।
‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरूमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,’ आईएसओ प्रमाणीकरणबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले बताए, ‘गुणस्तरीय बस्तुहरू उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररूपमा गुणस्तर नियन्त्रण र व्यवस्थापन प्रक्रियाहरूलाई थप मजबुत बनाउँदै लैजाने छौँ।’
उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तराष्ट्रिय मापदण्डहरुलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरू कायम समेत गर्ने जानकारी दिए।
बर्दियाको गुलरियास्थित साँढे १२ विगाह जमिनमा फैलिएको युरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ।
कम्पनीका अनुसार करिब ५०० वटाभन्दा बढी डिजाइनहरुमा यी टायलहरू चारवटा आकार (१६ह१६ इञ्च, २ह२ फिट, २ह४ फिट र ८ इञ्चह४ फिट) मा उपलब्ध हुनेछन्।