देश सञ्चार चौतारी भाग - ६८

कोरियनजस्तो देखिए पनि भाग्यमानी रहेछु- ङावा ङिमा शेर्पा

+
-

कोरिया र नेपालमा आउजाउ गरिरहने शेर्पा जन्मथलो ओखलढुंगाबाट भरिया बनेर काठमाडौं आएका थिए। जीवनमा थुपै हिमाली र पहाडी जिल्लामा आगन्तुक पयर्टकको किचेन ब्वाय र क्यामराब्वाय भएर काम गरे।

भरियाको काम गर्ने क्रममा कोरियन पर्यटकले उनलाई आफूसँगै लैजान चाहेका थिए। दुर्भाग्य कोरियन राजदूताबासले भिसा रद्द गरिदिएको थियो। तर आँटे पुग्छ भनेझैं उनले तत्काल कोरिया त जान पाएनन् तर जापान गएका थिए।

जापानमा करिब ८ वर्ष मजदुर गरेर उनी कोरिया पुगेका थिए। यसरी ओखलढुंगादेखि काठमाडौं, जापान कोरिया र फेरि काठमाडौंको यात्रा गरेका शेर्पाले देश सञ्चार चौतारीमा आफ्नो अनुभव सुनाएका छन्।

अहिले नेपालमा ट्रेकिङ व्यवसाय फष्टाएको बताउँछन् उनी। तर संघर्षका दिनतिर ट्रेकिङमा लाग्न निकै गाह्रो रहेको बताउँछन्। ‘धेरै कुरामा सक्षम हुँदाहुँदा पनि आफ्नो मान्छे नभएपछि झन् गाह्रो छ,’ उनले भने, ‘ट्रेकिङ काममा जान चाहनेहरुले घुससमेत खुवाउनु पर्थ्याे यो तितो यथार्थ हो। क्यास नै दिन नपरे पनि कम्तीमा एक कार्टुन बियर बोकेर जानुपर्थ्याे। लौन काममा लगाइदिनुस् भन्न,’ उनले भने।

डोल्पाको कागमारा पास भन्ने ठाउँमा तिब्बतबाट नुन बोकाएर ल्याउने बाटो छ। त्यो ठाउँमा उनी विदेशी फिल्म मेकरसँग जान पाएका थिए १५ किलो क्यामराको भारी बोकेर। ती क्यामरा भएका मान्छेले भनेको शेर्पाले स्मरण गरे, ‘उनले भन्थे– लडेर तिमी मरे पनि फरक परेन तर क्यामरा झर्नु भएन फुट्नु भएन। यो बचाइराख। म त्यो क्यामरा बोक्ने भरिया बनेको थिएँ।’

कोरियनसँग उनको सम्बन्ध निकै आत्मीय छ। कोरियामा थुप्रै वर्ष रेष्टुरेन्ट व्यवसाय गरेका र गर्दै पनि आइरहेका शेर्पा नेपालमा पनि कोरियन खाना खुवाउँदै आएका छन्। उनी आफू पनि नियमित कोरियन खाना नै खाँदै आइरहेका छन्। कोरियन खानाको पारखीसमेत रहेका शेर्पा कोरियनहरूको सहयोग साथ र सद्भावलाई खुलेर प्रशंसा गरे। कोरियनहरू हिमाल चढ्न सधैँ तयार हुने गरेको बताए।

विदेश गएका धेरै नेपालीहरू स्वदेशमा आफू सुहाँउदो कर्म गरेर सुखी र परिवारसँग रहन चाहन्छन्। यस्ता पात्रमा पर्छन् शेर्पा पनि। परिवारसँग सँगै बस्न चाहेर नेपाल फर्किएको बताउँछन् उनी। भन्छन्, ‘घरको ढोका खोल्दा छोराछोरी दैलोमा देखिउँन्। माया देखाउन पाइयोस्। त्यो समय गुमाउन नचाहेर फर्किएको हुँ।’

नेपालको कुरा सबैभन्दा बढी कोरियामा हुने गरेको बताउँछन् उनी। नेपालप्रतिको लगाव कोरियनले खुबै देखाउने गरेको र नेपाल आइरहन मन गरेको अनुभव पनि उनले सुनाए। तर अहिलेसम्म नेपाल र कोरियनका सम्बन्ध ‘पिपुल टु पिपुल’ मात्रै विकास भएको बताए।

नेपाल र कोरियनबीचको सम्बन्ध व्यक्तिगत मात्रै राम्रो हुँदा पनि थुप्रै कोरियनहरू नेपालमा व्यवसाय गर्न चाहेका छन्। लगानी गर्न चाहेका छन्। तर नेपालको राज्य प्रणालीले दिने दुःखले धेरै कोरियनले व्यवसाय गर्न डराएको बताए,’मेरो रेष्टुरेन्टमा केही कोरियनहरू खाना खान आउँछन्। उनीहरू निराश देखेर के भयो भनी सोध्ने गर्छु। भन्छन्– ‘नेपाल सय वर्षपछि पनि यस्तै हुन्छ। किनकि यहाँको सिस्टमले देशलाई उमो लाग्न दिँदैन।’

निजी होस् या सरकारी काम, कोरियामा छिटो छरितो हुने गर्छ तर नेपालमा एउटै कामको फाइल पास गर्न दश वटा मन्त्रालय धाउनु पर्ने र वर्षै लाग्ने गरेको बताउँछन्।

उनले कोरियन सेलिब्रेटीलाई पनि खान खुवाएका छन्। हिमाल घुमाएका छन्। सुटिङ युनिटलाई हिमाली क्षेत्रमा पुर्‍याएका छन्। तर सरकारले दुःख दिने गरेको बताए, ‘यहाँ त प्रत्येक कर्मचारीको चित्त बुझाउनु पर्छ। पिउनदेखि हाकिमसम्मको।’

शेर्पा झट्ट हेर्दा कोरियनजस्तै देखिन्छन्। उनलाई कतिले कोरियन हो कि भनेर सोधेका पनि छन्। यो संयोगबारे उनी भन्छन्, ‘कोरियनजस्तो देखिए पनि म भाग्य लिएर आएको रहेछु र नेपालमा जन्मिएँ। नत्र यहाँ हुन्थिन।’

शेर्पाका अनुसार नेपालमा कामलाई सम्मान गर्ने वातावरण छैन। तर यही समय यति नै काम गर्ने मजदुरलाई कोरियामा ठूला सम्मान छ। उनी भन्छन्, ‘मालिक पनि मजदुरसँग खटिन्छन् र खाना सँगै बसेर खान्छन्। तर यहाँ यस्तो वातावरण छैन।’

कामको सिलसिलामा धेरै कामदारहरू समयमा नपुग्ने र अनेक बाहना बनाउने गरेको अनुभव सुनाए, ‘नेपालले कामको र समयको महत्व कहिले बुझ्ने हो। समय के हो भनेर बुझ्न जापान पुग्नै पर्छ। यहाँ सुकिलोमुकिलो भएर घन्टौ चिया गफ गरे बसिदिन्छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?