अमेरिकी निर्वाचनमा मत गणना सुरु, ट्रम्पलाई १७७

अमेरिकी निर्वाचनमा मत गणना सुरु, ट्रम्पलाई १७७
+
-

अमेरिकाको राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। पछिल्लो मतपरिणाम अनुसार कमला ह्यारिसले ९९ सिटमा जित हासिल गरेकी छन् भने डोनाल्ड ट्रम्पले १७७ स्थानमा विजय हात पारेका छन्।

यद्यपि यो प्रारम्भिक परिणाम हो। दुवै पार्टीले आफ्ना बर्चस्व रहेकामध्ये अन्य स्थानमा विजय हासिल गर्नसकेका छैनन्। न्युयोर्कका २८, भर्मन्टका ३, म्यासाचुसेट्सका ११, रोड आइल्यान्डका ४, कनेटिकटका ७, डेलाबरका ३, मेरिल्यान्डका १०, न्यु जर्सीका १४ र इलिनोइका १९ स्थानमा डेमोक्र्याटिक पार्टीको जित निश्चित भएको छ।

रिपब्लिकनले इन्डियानाका ११, अर्कान्ससका ६, अलाबामाका ९, फ्लोरिडाका ३०, केन्टकीका ८, लुजियानाका ८, नेब्रास्काका ४, नर्थ डकोटाका ३, मिसिसिपीका ६, वेस्ट भर्जिनियाका ४, वोमिङका ३, ओक्लोहोमाका ७, टेनिसीका ११, साउथ डकोटाका ३, साउथ क्यारोलाइनाका ९, ओहायोका १० र टेक्सासका ४० स्थानमा जित निश्चित गरिसकेका छन्। यद्यपि स्विङ स्टेटमध्ये कुनैको परिणाम पनि अहिलेसम्म निश्चित भएको छैन। अमेरिकाका ५० राज्य, राजधानी डिसी र मेन तथा ओमाहा (नेब्रास्का) का १/१ इलेक्टोलर सिट गरी ५३८ इलेक्टोलर सिटले राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नेछन्।

अमेरिकी मतदाताहरुले मंगलबार भएको निर्वाचनका लागि राष्ट्रपतिमा इलेक्टोलर कलेजमा मतदान गरेका छन् भने त्योसँगै कंग्रेस र सिनेटका प्रतिष्पर्धीहरुलाई पनि मतदान गरेका छन्। ५३८ इलेक्टोलर सिटमध्ये २७० सिटमा विजयी हुने पार्टीका उम्मेदवार अमेरिकाका ४७ औँ राष्ट्रपति बन्नेछन्। त्यही मतका आधारमा उपराष्ट्रपतिको पनि चयन हुनेछ।

अमेरिकाका ५० राज्यसहित ५३ निर्वाचन क्षेत्रका ५३८ इलेक्टोलर सिटमा २२६ स्थानमा डेमोक्र्याटिक पार्टीको बर्चस्व छ। २० राज्य र नेब्रास्काको ओमाहा क्षेत्रका २२६ इलेक्टोलर सिटमा डेमोक्र्याटहरुको बर्चस्व हल्लाउन रिपब्लिकनहरुलाई हम्मे नै पर्छ।

यद्यपि भर्जिनियाजस्ता केही राज्यहरुमा रिपब्लिकनहरुले पासा पल्टाउन बेर पनि नलगाउने विश्लेषकहरुको मत छ। उता ५३८ मध्ये २४ राज्य र मेनको एक क्षेत्रमा रिपब्लिकनहरुको बर्चस्व छ।

यी राज्यका २१९ इलेक्टोलर सिटमा रिपल्बिकनहरुको बर्चस्व छ भने आयोवाजस्ता केही राज्यहरुमा डेमोक्र्याटहरुको पासा पल्टिन पनि सक्ने कतिपय विश्लेषकहरु बताउँछन्।

चुनावको परिणामको निर्धारण भने स्विङ स्टेटका ९३ इलेक्टोलर कलेजहरुले गर्नेछन्। एरिजोनाका ११, जर्जियाका १६, मिसिगनका १५, नेभाडाका ६, नर्थ क्यारोलाइनाका १६, पेन्सेल्भिनियाका १९ र विस्कन्सिनका १० सिटहरुको परिणामले चुनावको अन्तिम परिणामलाई निश्चित गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?