
काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षीय दलहरुको बैठक बोलाएका छन्।
बैठक बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाली कांग्रेस र एमालेसहित हाल सत्तामा रहेका दलहरू सहभागी हुनेछन्।
बैठकको मुख्य एजेण्डा संविधान संशोधनका लागि कार्यदल बनाउने र सरकारले संसदमा पेश गरेको अध्यादेश रहेको नेताहरूले बताएका छन्।
सत्ता पक्षको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो।