ल्हासा-पोखरा नियमित उडानको तयारी

ल्हासा-पोखरा नियमित उडानको तयारी
+
-

काठमाडौँ- औपचारिक उद्घाटनपछि झण्डै दुई बर्ष भन्दा बढी समय अनिश्चित र अलपत्र परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब नियमित उडान थलो बन्ने संकेत देखिएको छ।

हिमालयन एयरलाइन्सले ल्हासा-पोखरा नियमित उडान सुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।

‘औपचारिक रुपमा घोषणा छिट्टै हुनेछ, र मार्च महिनामा नै सुरु गर्नेगरी तयारी पूरा भएको छ,’ स्रोतले भन्यो, ‘हाललाई १४४ यात्रु क्षमता भएको एअरबस ए-३१९ बाट सातामा एक दिन ल्हासा-पोखरा-ल्हासा उडान सुरु हुनेछ र पछि आवश्यकता र मागका अनुसार त्यसमा परिवर्तन हुनेछ।’

सरकारी स्रोतका अनुसार ल्हासा-पोखरा-ल्हासापछि पोखराबाट चीनका अन्य शहरसँग सिधा उडानबारे चीनसँग वार्ता भइरहेको छ र त्यो सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा जनवरी १, २०२३ मा औपचारिक उद्घाटन गरिएको पोखरा विमानस्थल सञ्चालनमा भारतले एअर रुट दिन आनाकानी गरेपछि कठिनाइ उत्पन्न भएको हो।

मुख्यरुपमा त्यसै कारणले सिद्धार्थ गौतम अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?