लिभरपुललाई हराउँदै ७० वर्षपछि न्युक्यासलले जित्यो मुख्य उपाधि

लिभरपुललाई हराउँदै ७० वर्षपछि न्युक्यासलले जित्यो मुख्य उपाधि
+
-

न्यूक्यासल युनाइटेडले कराबाओ कपको उपाधि जितेको छ। लिभरपुललाई पराजित गर्दै ७० वर्षपछि आफ्नो पहिलो घरेलु उपाधि जित्न सफल भएको हो।

साथै न्युक्यासलले १९६९ यता कुनै ठूलो प्रतियोगितामा जित्न नसकेको इतिहास अन्त गर्यो। वेम्बलीमा आफ्ना समर्थकहरू रोमाञ्चित बनाउने क्रममा पहिलो हाफको अन्त्यतिर ड्यान बर्न र दोस्रो हाफमा अलेक्जान्डर इसाकको गोल गर्दै न्यूकासललाई ऐतिहासिक जितको बाटोमा अग्रसरता दिलाए।

इन्जुरी समयमा लिभरपुलले १ गोल फर्काए पनि टिमको २-१ को हार टार्न पर्याप्त भएन्। यो जितले प्रशिक्षक एडी हाउ र उनका खेलाडीहरूको एतिहासिक यात्रा अविष्मरणीय रहने छ।

इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीमा पहिलो पटक समावेश भएका ड्यान बर्नले पहिलो हाफको इन्जुरी समयमा कीरन ट्रिपियरको कर्नरलाई शक्तिशाली हेडरमार्फत गोलमा परिणत गरे।

त्यसपछि, ५२औं मिनेटमा ज्याकोब मर्फीको पासमा इसाकले उत्कृष्ट फिनिश गर्दै न्यूकासलको अग्रता दोब्बर बनाए। फेडेरिको चिएसाले इन्जुरी समयमा लिभरपुलका लागि एक गोल फर्काए।

मिडवीकमा भएको च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको लिभरपुल पुन एकपटक उपाधि जित्ने सपनाबाट फेरी पछि धकेलियो।

न्यूक्यासलले जितसँगै सन् १९६९ को इन्टर-सिटिज फेअर्स कपपछि पहिलो ठूलो उपाधि जित्न सफल भयो। साथै, १९५५ को एफएकप पछि मुख्य उपाधि जित्यो।

सन् २०२१ मा साउदी अरेबियाको सार्वभौमिक सम्पत्ति कोषले क्लब खरिद गरेपछि न्यूक्यासलको फुटबल यात्रा नयाँ युग सुरुवात भएको थियो।

लगानीसँगै क्लबले आफ्नो संरचना, खेलाडी स्क्वाड र प्रतिस्पर्धात्मक क्षमतालाई उल्लेखनीय रूपमा सुधार गर्दै प्रिमियर लिगमासमेत टक्कर दिन थालेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’