स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले नाटकिय पुनरागमन जित हासिल गर्दै पुन शीर्ष स्थानमा फर्किएको छ। २०२५ मा अपराजित रहने एक्लो क्लब बनिरहेको बार्सिलोनाले आफ्नो उच्च लयलाई एट्लेटिकव विरुद्ध पनि कायम राख्यो।
७० मिनेट सम्म २-० ले पछि रहेको बार्सिलोनाले त्यसपछि ४ गोल गर्दै खेल ४-२ ले आफ्नो पक्षमा पार्यो। खेलमा अग्रता भने एट्लेटिको म्याड्रिडले जुलियन अल्भारेजको गोलमा पहिलो हाफको इन्जुरी समयमा लिएको थियो। खेलको ७० औं मिनेटमा अलेक्सेन्डर सोर्लोचले दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-० को अग्रता दिलाए।
तर बार्सलोनाले ६ मिनेट भित्रै दुइ गोल गर्दै खेल बराबरीमा ल्यायो। रोबर्ट लेवान्डोस्कीले ७२ औं मिनेटमा पहिलो गोल गर्दा राफिन्हाको क्रसलाई फेरन टोरेसले ७८ औं मिनेटमा खेल बराबरीमा ल्याए। इन्जुरी समयमा पेड्रीको पासलाई लामिन यामलले गोल गर्दै टिमलाई अग्रता दिलाउँद टोरेसलेनै इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई ४-२ को बलियो जित दिलाउँदै शीर्ष स्थानमा पुर्याए।
एट्लेटिको भने घरेलु मैदानमा अधिकांस समय अग्रता बनाएपनि अन्तिम २० मिनेट चुक्दा पराजित हुन बाध्य भयो। खेलपछि बार्सिलोनाको २७ खेलबाट ६० अङंक बार्सिलोना पुन शीर्ष स्थानमा उक्लिएको छ। २८ खेल खेलेको रियलको पनि ६० अङ्कनै रहेपनि गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ। त्यस्तै पराजित एट्लेटिको ५६ अङ्क बनाएर तेस्रो स्थानमा रहँदा एट्लेटिको क्लब ५२ अङ्कका सथ चौंथो स्थानमा छ।

भर्खरै
लोकप्रिय






































































































































































































