महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीका यादव विजयी

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीका यादव विजयी
+
-

विराटनगर- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा ४३ मतको अन्तरले अखिल क्रान्तिकारीका रोहित यादव विजयी भएका छन्।

विद्यार्थी राजनीतिको उद्गमस्थलको रुपमा परिचित क्याम्पसमा विजयी भएका यादवले १ हजार १ सय १८ मत हासिल गर्दै सभापतिमा जित हासिल गरेका हुन् ।

निर्वाचनमा नेविसंघका प्रज्वलजंग विष्टले १ हजार ७५ मतसहित दोस्रो स्थानमा छन्। त्यसैगरी, एमाले अनेरास्ववियुका अनिश बोगटी २ सय ३२ मतसहित तेस्रो स्थानमा भए ।

सभापति गुमाएको नेविसंघले सचिव र कोषाध्यक्षमा भने जित हासिल गरेको छ । सचिवमा नेविसंघका सुदिक्षा थापा मगरले ७ सय ४१ मतसहित जित हात पारिन् ।

मगरभन्दा १ सय ५३ मतले पछि परेको समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवानले ६६ मतको अन्तरले विजयी भए। पासवानले ८ सय ९३ मतहासिल गरिरहँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजिव यादवले ८ सय २७ मत पाए ।

एमालेतर्फबाट अनेरास्ववियुका मन्दिप पोखरेलले ५ सय ८१ मत पाएका छन् । यद्यपि, सदस्यतर्फ नेविसंघका मोहम्मद साहिन, कौशलकुमार साह, सुशान्त बस्नेत, नविनबाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले, रामदत्त कुमार मेहता विजयी भए ।

सदस्यतर्फ क्रान्तिकारीका गौतमकुमार मण्डल विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा ५ हजार ९ सय ८४ मतमध्ये २ हजार ६ सय ३१ मत खसेको थियो ।

महेन्द्र मोरङसँगै विराटनगरको तीनवटा आंगिक क्याम्पसतर्फ स्नात्तकोत्तरमा प्रितम साह प्यानलसहित र विराटनगर नर्सिंग क्याम्पसमा रोहित ताजपुरिया विजयी भएका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’