काठमाडौं- संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आए पछि सहज हुने भएको छ ।
समयसम्म नागढुङ्गा-थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न कै लागि सुरुङ मार्गको निर्माण पनि गरिएको हो ।
सो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसके पनि हाल सो क्षेत्रका स्थानीयहरुले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेका छन् ।
सो आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छ । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।
त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भई रहेको आयोजनाले जनाएको छ ।
यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा-आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीय अवरोध, कोरोनालगायतको कारण निर्माणमा ढिलाइ भएको थियो ।
थप तस्बिरहरू:








तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

भर्खरै
लोकप्रिय






































































































































































































