दाङका उदाहरणीय कृषक भीमकान्त भन्छन्– कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ

दाङका उदाहरणीय कृषक भीमकान्त भन्छन्– कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ
+
-

दाङ – घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन्। उनले पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक रूपमा १० देखि १२ लाख रूपैयाँ बचत गर्न सकेको बताए।

व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल हुनुहुन्छ चापागाई। उनको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र होइन देख्नेजति सबैलाई लोभ्याउने गर्दछ। उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन्।

त्यही गोलभेँडा खेतीले उनीलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ। आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उनले धेरै मेहेनत पनि गरेका छन्।

विस २०७५ मा रू ४ लाखको लगानीमा अरूको जमिन भाडामा लिएर सो खेती सुरू गरेको बताउने चापागाई अहिलेसम्म गोलभेँडा खेतीमा रू। २० लाखको हाराहारीमा लगानी गरेको बताउँछन्। जमिन भाडामा लिएर उनले उन्नत जातका गोलभेँडाका साथै अरू विभिन्न जातका बेमौसमी तरकारी खेती गरिरेका छन्।

वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले उनले जमिनको भाडा तिर्नुपर्छ। उनको कृषि फारममा अहिले छ जनाले रोजगारी पनि पाएका छन्। उनी भन्छन्– सबै खर्च कटाएर बार्षिक १२ लाखसम्म बचत गर्न सकेको छु।

उनीकी श्रीमती पनि यसै व्यवसायमा लागेकी छन्। दुई छोरा भने कामका लागि जिल्ला बाहिर छन्। एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य कुरा होइन। उनी भन्छन्, “म आफ्नो व्यावसायबाट सन्तुष्ट छु, खुसी छु। आफ्नै माटोमा खेलेको छु, माटोको माया बढ्दो छ।” अहिले उनीलाई बारीमै आएर ग्राहकहरूले गोलभेँडा खुर्सानीलगायत तरकारी किनेर लग्दा आनन्द आउने गरेको सुनाउँछन्।

बर्दियाको गेरूवा गाउँपालिका–३ पर्सेनीमा स्थायी घर रहेका उनको खेतीयोग्य जमिन पनि छ। पर्याप्त मात्रामा सिचाईंको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताए। उनी भन्छन्, “दाङमा धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भई सुरूवात गरेको हुँ। सुरूमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएँ। त्यहाँ गोलभेँडा खेती गरेँ।”

खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साघुरो भएपछि त्यहाँ छाडेर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरू गरेको हुँ।” उनले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने र आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडा खेती गरेको बताए।

चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी लगायतका तरकारी पनि लगाउनुभएको छ। उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन्। उनले अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू ३० मा बिक्री गर्नु परेको दुःखेसो पोखे। यसअघि गोलभेँडा प्रतिकेजी रू। ९० देखि १०० सम्म बिक्री हुने गरेको थियो।

उनको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका शहरमा जाने गरेको छ। उनले कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको गुनासो गरे।

कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु दुःखद हो, चापागाईं भन्छन्। उनी नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरूत्साहित गर्नुपर्ने सुझाव दिनुहुन्छ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने यस क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई रोक्नुपर्ने पनि उनले सुनाए। “देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनु पर्दछ।”

आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै श्री चापागाईं बर्सेनि कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउँछन्। “हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन।”

सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन सरकारसँग उनले आग्रह पनि गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?