काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहेको आरोप लगाएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्र नेपालमा सम्भव छैन भन्ने अभिव्यक्ति दिएको बताए।
ओलीको विगतको पृष्ठभूमि र अहिलेको गतिविधि हर्दा पनि उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको कुरा प्रमाणित हुने दाबी गरे।
राजतन्त्रवादीहरु नवीन सम्झौता गरौँ भनिरहेको, नेपाली कांग्रेस संविधान संशोधनमा हिन्दु गणतन्त्र भनेर लेख्नुपर्ने कुरा अगाडि बढाइरहेको भन्दै यसले अराजकता निम्त्याइरहेको उनको भनाइ थियो।
उनले भने, ‘प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिरहनुभएको छ। हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको हो। पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, यो सम्भव थिएन भन्नुभएको थियो। हिजोको पृष्ठभूमि र आजको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुन्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































