आन्दोलनकैबीच अर्को साता नेपाल आउँदै भारतीय नेताहरू

आन्दोलनकैबीच अर्को साता नेपाल आउँदै भारतीय नेताहरू
+
-

काठमाडौं- नेपालमा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन जारी रहेकै वेला ०६२-६३ को आन्दोलनको पक्षमा सक्रिय भूमिका खेलेका केही भारतीय नेताहरू अर्को साता नेपाल आउने भएका छन्।

गणेशमान सिंह प्रतिष्ठानले चैत्र २५ गते आयोजना गर्न लागेको कार्यक्रममा उनीहरू आउने लागेका हुन्। प्राप्त जानकारी अनुसार पूर्व सांसद तथा विहारका मुख्य मन्त्री नीतिश कुमारको नेतृत्वको जनता दल (युनाइटेड) का सल्लाहकार केसी त्यागी, समाजवादी नेता सुधिन्द्र भदौरियालगायत नेताहरू गणेशमान सिंह ‘मेमोरियल लेक्चर’ कार्यक्रममा सहभागी हुन आउन लागेका हुन्। यी दुवै नेता ०६२-०६३ मा जनआन्दोलनका सक्रिय पक्षधर थिए।

त्यस्तै उक्त कार्यक्रममा भाग लिन भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा उत्तर खण्डका पूर्व मुख्य मन्त्री रहेका र नेपाल भारत सम्वन्धका विविध आयामको अध्ययन गरी सुधारका लागि गठित प्रवुद्ध वर्गको भारतीय टोलीका संयोजक भगत सिंह कोश्यारी पनि आउने भएका छन्।

भारत सरकारले नेपालमा राजसंस्था पुनर्स्थापनाको आन्दोलन वारे आफ्नो कुनै आधिकारीक प्रतिकृया व्यक्त गरेको छैन्, तर प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिने नेता कोश्यारीलाई अनौपचारिक ‘दूत’ का रुपमा हेरिएको छ।

०६२-६३ को आन्दोलन पछि राजा ज्ञानेन्द्रले आन्दोलन गरी दलहरुसँगको सहमति पछि गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको शपथ खाएर आफू संवैधानिक हैसियतमा फर्के पनि भारतीय प्रशासनको दवावमा पछि ‘गणतन्त्र’ घोषित गरिएको थियो।

गणेशमान सिंह प्रतिष्ठानद्वारा आयोजित उक्त एक दिने कार्यक्रमको अध्यक्षता काँग्रेस सभापति शेरवहादुर देउवाले गर्ने छन्। र त्यसमा नेपाल भारत सम्वन्ध सुदृढीकरणमा भारतीय पूर्व प्रधानमन्त्री चन्द्र शेखरको योगदानका बारे पनि चर्चा हुने छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’