काठमाडौँ- राजसंस्था पक्षधरहरूको आन्दोलन भइरहेको स्थल तीनकुनेमा कार्यक्रम भएको स्थानमा प्रहरीले अश्रुग्यास प्रयास गरेको छ।
मञ्चमै अश्रुग्यास प्रहार भएपछि राजसंस्था पक्षधरको आन्दोलनमा प्रमुख नवराज सुवेदीलाई कार्यकर्ताहरूले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए।
राजसंस्था पक्षधरको आन्दोलनका क्रममा प्रहरीले तीनकुनेतर्फ अगाडि बढेको भिडलाई नियन्त्रणमा लिन प्रहार गरेको अश्रु ग्यास मञ्चमै लागेको थियो।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था पक्षधरको आन्दोलनका लागि आएका सुवेदीलगायत नेताहरूलाई सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































