
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास भएको आगजनीपछि अवरुद्ध भएको हवाई उडान सुचारू भएको छ।
शुक्रबार राजसंस्था पक्षधरले काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए। तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरूले जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरेका थिए।
विमास्थल छेउमा भएको आगजनीपछि उडान प्रभावित भएको थियो। अहिले उडान विस्तारै सुचारू भएको विमानस्थल स्रोतले जानकारी दियो। केही विमान लामो समय आकाशै होल्ड भएका थिए।