स्टिम बाथ चुलोले दाउरा र समय बचत

स्टिम बाथ चुलोले दाउरा र समय बचत
+
-

हुम्ला – स्टिम बाथ चुलोको प्रयोगले चार गुणाले दाउरा बचत हुने गरेको छ। स्टिम चुलोबाट थोरै दाउरा एक ठाउमा बाल्ने र त्यसबाट निस्केको बाफले खाना पाक्ने भएपछि पटक पटक दाउराको खर्च नहुँने हुदा दाउरा बचत हुने गरेको छ।

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा स्थापना भएको गुम्बाको भान्सामा यही स्टिम वाथ चुलोको प्रयोग गर्ने गरिएको छ। दाउरा बचन र भान्सामा काम गर्नेको समय बचतका लागि यो प्रबिधिको चुलो प्रयोगमा ल्याएको हो। यो चुलोको प्रयोग नहुने समयमा एक छाक खाना पकाउनका लागि डेढ सय केजी दाउरा खर्च हुने गथ्र्यो। यसबाट दैनिक तीन क्वीटलर दाउरा खर्च हुने भएपछि बन बिनास बढी हुने देखिएपछि गुम्बाका मुख्य पुजारी लामाको सुझावको यो स्टिम बाथ चुलो स्थपना गरिएको उनले बताए।

यो चुलो बिशेष गरि एउटा कोठामा टिनको बाक्सामा तल आगो बाल्ने र बाक्साको माथि पानी तताउने भाँडा राखिएको हुन्छ। त्यही भाडामा तातेको पानीको बाफ अर्को कोठामा राखिएको खाना पकाउने भाँडामा जडान गरिएको पाईपबाट गएपछि आफै खाना पाक्ने गर्छ। एक्कै पटक पाँच वटा भाडामा खाना पाक्ने गर्छ। जसबाट भात, रोटी, दाल, तरकारी, मःम, थुक्पा छोटो समयमा पाक्ने गर्छ।

गुम्बाको विद्यालयका बिधार्थी, शिक्षक र पुजारी गरि एक छाकमा पाँच सय मानिसहरुले यही प्रबिधिबाट तयार भएको खाना खाँदै आउनु भएको छ। यही चुलोको कारण एकातिर दाउराको बचत भएको छ भने अर्कोतर्फ भान्सामा काम गर्ने कामदारको समय पनि बचत हुने गरेको छ। त्यो संगै भाडा फोहोर हुने समस्या पनि हटेको छ। उक्त चुलोको मुल्य चालीस लाख रुपियाँ गुम्बाले लगानी गरेको थियो। यसैले यही बिधि भान्सामा प्रयोग गर्न स्थानीयलाई गुम्बाले आग्रहसमेत गरेको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष