
हुम्ला- जुम्ला विमानस्थल स्तरोन्नतीको बाटो खुलेको छ । वर्षैदेखि स्तरोन्नती हुने भनिए पनि विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो ।
सरकारले जगा अधिग्रहणका लागि पहिलो किस्ता बापत दुई करोड रुपौयाँ निकासा गरेसँगै विमानस्थल विस्तारको बाटो खुलेको छ ।
चालु आर्थिक वर्षभित्र जुम्ला विमान स्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो । कार्यान्वयन नभएपछि विमानस्थल विस्तार हुने आस जुम्लावासीले मारिसकेका थिए । आवश्यक बजेट एकैमुष्ठ पठाइने भनिएको थियो । तर, सबै ठाउँका विमानस्थलमा निकासा दिनुपर्ने भएकोले पहिलो किस्ता दुई करोड निकासा भएको र बाँकी बजेट एक/डेढ महिनाभित्रै निकासा हुने भएको छ ।
यो महिनाभित्र बाँकी आठ करोड निकासा गर्न लागि सबै पक्षसँग छलफल भइसकेको र क्यानले विवरण पठाउन भनिसकेकाले क्यानवाट बजेट मागको पत्र अर्थमा पठाउने तयारी रहेको जनाइएको छ ।
विमानस्थल विस्तारको विषय लामो समयदेखि चर्चामा रहे पनि परिणाम नदेखिएपछि नागरिकले विश्वासै गर्न छाडेका थिए ।
विमानस्थल विस्तार प्रक्रिया सुरु हुने हल्लासँगै राजनीतिक दल पिच्छेका नेताले श्रेय लिने होडवाजीका कारण रोकिँदै आएको थियो ।