
काठमाडौँ- नेपालमा भारतीय हस्तक्षेपकाविरुद्ध नेपालस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन गरिएको छ।
ग्रेटर नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त रुपमा उक्त प्रदर्शन गरेको हो।
प्रदर्शनमा भारतीय दूतावास नजिक खानी तथा भूगर्भ विभाग अगाडि भएको हो। जसमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना क्रमलाई जोड्दै विरोध जनाइएको थियो।
तस्बिरहरू: