
काठमाडौँ – बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालाले ऊनको स्वीटर चलचित्रमा साँस्कृतिक विविधताको जीवन्त प्रस्तुतिः पाइएको बताएकी छन्।
वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ऊनको स्वीटरको विशेष सो मा बलिउड तथा नेपाली अभिनेत्री कोइरालाले आत्मा छुने संगीत र सशक्त अभिनयले यो चलचित्र अविस्मरणीय बनाएको बताइन्।
उनले भनिन्, ‘सुन्दर र मन छुने प्रेमकथा, जातीय सीमा पार गरेर गरिने माया, साँस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने संगीत अनि सशक्त अभिनयले यो चलचित्र अविस्मरणीय बनाएको छ।’
उक्त चलचित्रको विशेष सो मा अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा. भीमार्जुन आचार्य, नेत्री नबिना लामा, डा. लोचन रिजाल, पत्रकार दिलभूषण पाठकलगायतले ‘ऊनको स्वीटर’ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढंगले प्रस्तुत गरेको बताएका थिए।