टी-२० इतिहासकै नाटकिय खेलमा तेस्रो सुपर ओभरमा नेपाल स्तब्ध

टी-२० इतिहासकै नाटकिय खेलमा तेस्रो सुपर ओभरमा नेपाल स्तब्ध
+
-

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो एक सयौं टी-२० अन्तर्राष्ट्रिय खेलमा नाटकिय पराजय भोगेको छ। टी‍-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक खेल तेस्रो सुपर ओभरमा धकेलियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी भयो। नेदरल्यान्ड्सको यो जारी सिरजमा दोस्रो खेलमा पहिलो जित हो। नेपाल भने पहिलो खेलमा पराजित भयो।

रोमाञ्चक खेलमा निर्धारित २० ओभरमा दुबै टिमले समान १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। पहिलो सुपर ओभरमा समान १९-१९ रनको बराबरी भएपछि दोस्रो सुपर ओभरमा खेल धकेलिएको थियो। जहाँ पुन १७-१७ रनको स्कोर भयो। तेस्रो सुपर ओभर भने निर्णायक बन्यो जहाँ डच टोलीले बाजि मार्यो।

पहिलो सुपर ओभर

सुपर ओभरमा पहिले ब्याटिङ गर्दे नेपालले १९ रन बनाएको थियो। २० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स पनि पहिलो सुपर ओभरमा १९ रननै बनाउन सफल भयो। सुपर ओभरमा डच टोलीका बलर ड्यानीयल डोरमलाई नेपालका कुशल भुर्तेलले ५ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै १८ रन प्रहार गरेका थिए भने अर्को एक रन कप्तान रोहित पौडेलले बनाएका थिए। त्यसपछि नेपालका लागि बलिङ गर्न आएका करण केसीलाई डच टोलीका म्याक्स ओडवाडले ३ बलमा १२ रन हिर्काउँदा माइकल लेभिटले ३ बलमा ६ रन बनाउँदै १९ रननै बनाएर रोमाञ्चक्ता कायम राख्दै खेल दोस्रो सुपर ओभरमा पुर्याए।

दोस्रो सुपर ओभर

दोस्रो सुपर ओभरमा नेपालका ललित राजवंशी बलिङमा आए पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि स्कट एडवार्डले ५ बलको सामना गर्दै १० रन बनाउँदा १ बल खेलेका म्याक्स ओडवार्डले ६ रन बनाए। जवाफमा नेपालले उक्त लक्षय ।। ओभरमा पुरा गर्यो। डच टोलीका क्याली क्लेइनले दोस्रो सुपर ओभर बलिङ गरेका थिए। उनले सुरुवाती ३ बलमा ११ रन दिएपनि त्यसपछि लगातार दुइ बल डट फालेका थिए तर तेस्रो बलमा दिपेन्द्रले छक्का प्रहार गर्दै पुन खेल तेस्रो सुपर ओभरमा पुर्याए। नेपालक लागि रोहित पौडेलले २ बलमा ७ रन बनाएका थिए। भने दिपेन्दरले ४ बलमा १० रन बनाए।

तेस्रो सुपर ओभर

तेस्रो सुपर ओभर भने नेपालक लागि निरासाजनक रह्यो। जहाँ केवल नेपाली ब्याटरले केवल रन नजोड्दै २ विकेट गुमाउन पुग्दा डच टोलीले केवल १ रनको लक्ष्य पायो। तेस्रो सुपर ओभर लिएर आएका जच लियन क्याचेटले उत्कृष्ट बलिङ गरे। उनले पहिलो बलमै रोहित पौडेललाई क्याली क्लेइनद्वारा क्याचआउट गराए। त्यसपछि क्रिजमा आएका रुपेश सिंहलाई २ बल डट फाल्दै तेस्रो बलमा स्कट एडवार्ड द्वारा क्याचआउट गराउँदै सुपर ओभरमा दुइ विकेट गुमाउन पुग्दा नेपाल २ बल बाँकी हुँदै शुन्य रनमै समेटियो। जवाफमा सन्दीप लामिछाने बलिङका  लागि मैदानमा आए उनको पहिलो बलमै माइकल लेभिटले छक्का हान्दै टिमलाई जित दिलाए।

कस्तो रह्यो निर्धारित २० ओभरको खेल?

त्यसअघि आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो। उसका लागि तेजा निदामनुरुले ३५ रन बनाउँदा विक्रमजित सिंहले ३० रन बनाए। त्यस्तै माइकल लेभिटले २० रन बनाउँदा म्याक्स ओड्वाडले १९ रन बनाएका थिए। त्यस्तै जाच लियो काचेटले ११ रन बनाए। त्यस्तै साकिव जुल्फिकरले २५ रनको नटआउट इनिङ खेले।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएका थिए। त्यस्तै नन्दन यादवले २ विकेट लिंदा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिएका थिए।

१ सय ५३ रनको लक्ष्य पछ्याएको नेपालपनि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ४८ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कुशल भुर्तेलले ३४ रन बनाए। थप दोहोरो स्कोरका रुपमा किरण ठगुन्नाले १५ रन बनाउँदा रुपेश सिंहले १९ रन बनाएका थिए। अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा नन्दन यादवले चौका प्रहार गर्दै खेल बराबरीमा ल्याएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

नेदरल्यान्ड्सका लागि ड्यानियल डोरमले ३ विकेट लिंदा विक्रमजित सिंहले २ विकेट हात पारे। त्यस्तै क्याली क्लेइन, बेन फ्लेचर र जाचा लियो क्याचले समान १-१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?