मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’
+
-

तुलसीपुर (दाङ) – मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको। त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् ।

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनले बताए। “मैले १० वर्ष भयो तरकारीखेती गरेको”, उनले भने, “यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घरखर्च धानेको छ ।”

हरेक दिन बिहान ५ बजे उठेर उहाँले काँक्रा र बोडी गाउँगाउँमा लिएर बेच्नुहुन्छ । उहाँ तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ ।

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ । “विगतका वर्षमा दैनिक सात÷आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उनले भने, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”

उनले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आउनुभएको छ, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आएका छन् । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोवार हुन्छ भने काँक्रा रु पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए ।

अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए। वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताए। यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’