लेखक क्षितिज समर्पणको ‘तोरकीन’ उपन्यास सार्वजनिक

लेखक क्षितिज समर्पणको ‘तोरकीन’ उपन्यास सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • उपन्यास ‘तोरकीन’ माथिल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गर्दै मानव सभ्यताको जरामा फर्काउने प्रयास हो।
  • छेवाङ र कुन्साङ पात्रमार्फत तीन पुस्ताको आरोह–अवरोह र हराउँदै गएका संस्कारको यथार्थपरक चित्रण गरिएको छ।
  • सरल र काव्यात्मक भाषाशैली तथा स्थानीय लवजले उपन्यासलाई पठनीय बनाउँदै नेपाली साहित्यमा नयाँ लेखकको उदय भएको छ।

युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ।

माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ।

उपन्यासबारे लेखक समर्पण भन्छन्, ‘मैले रित्ति’दै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसि’दै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ। यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु।’

छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ। स्थानीय ल्होवा भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु, लोप हुनु हो।

सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको छ। महङ्खवाकांक्षी किताबहरूको सूचिमा प्रकाशन गरिएको यस उपन्यासमार्फत नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको प्रकाशक बुकहिलले जनाएको छ।

जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन्। उनी ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ (२०७६ र २०७७) पुरस्कृतसमेत भएका थिए। ३३६ पृष्ठको पुस्तकको बजार मूल्य रु. ६६६/- रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?