फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन: असोज २० गते भित्र फर्कन पुन: आह्वान

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन: असोज २० गते भित्र फर्कन पुन: आह्वान
+
-
देशसञ्चार AI सारांश
  • कारागार व्यवस्थापन विभागले असोज २० गतेभित्र भागेका कैदी बन्दीलाई कारागार फर्कन आग्रह गरेको छ।

  • भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन गृह मन्त्रालयले फरार बन्दी खोजी कार्यदलसमेत गठन गरेको स्पष्ट पारेको छ।

  • कैदीबन्दीलाई लुकाउनेलाई कानुनी कारवाही हुने भएकाले विभागले सबैसँग सहयोगका लागि अनुरोध गरेको छ।

काठमाडौँ- कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ ।

गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ ।

अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए।

शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ ।

फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ ।

फर्किन बाँकी रहेका कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट नियमति रूपमा प्राप्त गरी स्म्बन्धित माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कैदीबन्दीको खोजीका लागि जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक छलफल गर्न, अन्तर समन्वय कायम गर्न र आवश्यक देखिएकामा अन्य संयन्त्रको प्रयोग गर्नुपर्ने कार्यादेश तय भएको छ ।

सार्वजनिक सेवा प्रवाहह गर्ने निकायलाई फर्किन बाँकी कैदबिन्दीको विवरण उपलब्ध गराइ खोजीकार्यलाई प्रभावकारी बनाइने विभागले जनाएको छ ।

भागेका कैदीबन्दीसम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन आह्वान गर त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्तमाध्यमबाट कार्यदल वा सुरक्षा निकायको सम्पर्क नम्बर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष