
धनुषा- जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित श्री राजदेवी मन्दिर प्राङ्गणमा आयोजित मेलामा रोटे पिङ भाँचिदा फसेका ५६ जनाको उद्धार गरिएको छ।
शुक्रबार साँझ ७ बजे फसेका उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो। उक्त उद्धारकार्यमा नेपाली सेनाको श्री विष्णुदल गणबाट खटिएको टोलीले सक्रिय थियो।
सेनासँगै अन्य सुरक्षा निकायहरूको सहयोगमा छिटो र व्यवस्थित रुपमा सबै प्रभावित व्यक्तिलाई सकुशल उद्धार गरिएको जनाइएको छ। उद्धारका क्रममा कुनै पनि गम्भीर चोट वा अन्य जोखिमको सूचना नआएको बताइएको छ।