
- धनगढीबाट पुर्चौंडी जाँदै गरेको जिप दुर्घटनामा परी १० जना घाइते हुँदा ८ जना सकुशल रहेका छन्।
- घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको बताइएको छ।
- उपचारका लागि डडेल्धुरा अस्पताल लगाइएको भए पनि चालक महेश बोहरा दुर्घटनापछि फरार भएका छन्।
धनगढी – बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। धनगढीबाट पुर्चौंडी तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो।
जिपमा चालक सहित १९ जना सवार रहेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार ८ जना सकुशल छन् भने १० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको छ।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । यसैगरी पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक महेश बोहरा फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।