सिमकोट – हिमाली जिल्ला हुम्लाबाट गत आर्थिक वर्ष ०८१।०८२ मा २१ प्रकारका जडीबुटी जिल्लाबाहिर निकाासी भएका छन्। यी जडीबुटी दशदेखि २९ हजार केजीभन्दा बढी निकासी गरिएको हो।
डिभिजन बन कार्यालयले उपलब्ध गराएको बिबरण अनुसार उक्त आर्थिक वर्षम सबै भन्दा बढी जटामासी उनानतीस हजार चार सय केजी निकासी भएको छ भने सबैभन्दा कम सुनपाती दश केजी निकासी भएको छ।
सो आर्थिक वर्षमा हुम्लाबाट जटामासी, धुपीपात, सेतक चिनी, कुट्की, सुगन्धवाल, शिलाजित, पदमचाल, भोजपत्र, अतिस, पाषनदेवलगायत २१ प्रकारका जडीबुटी निकासी भएका छन्।
यी सवै जडीबुटी गरि एक लाख २३ हजार ९८५ केजी निकासी भएको हो। यसबाट ३९ लाख २३ हजार २२५ रुपैयाँ राजस्व असुली भएको छ। राजस्वमा सबैभन्दा बढी जटामसीमा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ भने सबैभन्दा कम धुपी र डाले चुकमा प्रतिकेजी दुई रुपैयाँ राजस्व लाग्ने गर्छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































