सिटीले फराकिलो जित निकाल्दा लिभरपुल, चेल्सी र युनाइटेड पराजित

सिटीले फराकिलो जित निकाल्दा लिभरपुल, चेल्सी र युनाइटेड पराजित
+
-
देशसञ्चार AI सारांश
  • लिभरपुलले छैटौं खेलमा क्रिस्टल प्यालेससँग २–१ ले पराजित हुँदै प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ।
  • म्यानचेस्टर सिटीले बर्नलीलाई ५–१ ले हराउँदै हालान्डको दुई गोलसहित प्रभावशाली जित हात पारेको छ।
  • चेल्सीले ब्राइटनसँग ३–१ को पराजय भोग्दा डेनी वेलब्याकले ब्राइटनका लागि दुई गोल गरेका थिए।

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले प्रतियोगितामा पहिलो हार भोगेको छ।

अपराजित रहँदै लगातार जित निकाल्दै आएको लिभरपुलले छैटौं खेलमा क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएको हो। त्यस्तै म्यानचेस्टर युनाइटेड र चेल्सी पनि आफ्ना खेलमा पराजित भए, भने म्यानचेस्टर सिटीले बर्नलीमाथि ५–१ को फराकिलो जित निकाल्यो।

शनिबार राति भएको खेलमा युनाइटेड पहिलो खेलमा ब्रेन्टफोर्डसँग ३–१ ले पराजित भयो। इगोर थिएगोले ८ र २० मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। युनाइटेडका लागि सेसकोले २६ औँ मिनेटमा गोल फर्काए भने इन्जुरी समयमा जेनसनले तेस्रो गोल गरे।

अर्को खेलमा चेल्सी ब्राइटनसँग ३–१ ले पराजित भयो। ब्राइटनका लागि डेनी वेलब्याकले दुई गोल गरे भने डी. कुपरले अर्को गोल थपे। पहिलो हाफमा १–० को अग्रता बनाएको चेल्सीले अन्तिम १५ मिनेट र इन्जुरी समयमा गोल रोक्न सकेन।

म्यानचेस्टर सिटीले बर्नलीमाथि ५–१ को जित निकाले। सिटीका लागि हालान्डले दुई गोल गरे भने म्याथ्यु नुनेजले एक गोल थपे। बर्नलीका इस्टिभिले दुई आत्माघाती गोल गरे, भने एन्थोनीले १ गोल फर्काए।

लिभरपुल–क्रिस्टल प्यालेस खेलमा भने इन्जुरी समयमा निर्णायक गोल भयो। क्रिस्टल प्यालेसले ९ औँ मिनेटमा सार्कको गोलमार्फत अग्रता बनाएको थियो। लिभरपुलले ८७ औँ मिनेटमा बराबरी गोल गरे पनि, इन्जुरी समयको सातौं मिनेटमा एनकेटिसाले गोल गर्दै क्रिस्टल प्यालेसलाई जित दिलाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?