सल्यानमा गाडी दुर्घटना अपडेट: मृतककाे पहिचान खुल्यो

सल्यानमा गाडी दुर्घटना अपडेट: मृतककाे पहिचान खुल्यो
+
-
देशसञ्चार AI सारांश
  • राप्ती राजमार्गमा गाडी दुर्घटनामा तीनजनाको मृत्यु हुँदा अन्य दुईजना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भैरहेको छ ।
  • दुर्घटनाग्रस्त गाडी करिब ४०० मिटर तल खसेको थियो र थप अनुसन्धानका लागि दुई प्रहरी टोली खटाइएको छ ।
  • मृतक र घाइते सबै जना रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका हुन्, जसको पहिचान प्रहरीले सार्वजनिक गरेको छ ।

दाङ- राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतवार बिहान भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतकको पहिचान खुलिसकेको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसी रहेका छन् ।

दुर्घटनामा सोही गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहानै बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आइतवार बिहान करिब ४ बजे सडकबाट करीब ४०० मिटर तल खसेको थियो ।

घटनापछि प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपालबहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली खटिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको नेतृत्वमा थप ९ जनाको टोली परिचालित भएको हो ।

दुर्घटनास्थल कपुरकोट प्रहरी चौकीदेखि करिब ६ किलोमिटर दक्षिणतर्फ र लुहाम इलाका प्रहरी कार्यालयदेखि करिब २६ किलोमिटर पूर्वतर्फ पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?