
काठमाडौँ– यतिबेला दशैंको चहलपहल काठमाडौँमा केही देखिन थालेको छ। यसपाली जेनजी आन्दोलनका घटनाका कारण नेपालीको महान चाड दशैंमा पहिलेभन्दा केही ढिला हुँदै बजार र सहर क्षेत्रमा चहलपहल सुरु भएको छ। अध्ययन तथा कामका कारण सहर–बजारमा बस्नेहरू आफ्नो गाउँघर फर्किने क्रम पनि जारी छ।
दशैंको एउटा प्रमुख विशेषता पिङ हो। नेपाली समाजमा दशैंको बेला पिङ खेल्नु र जमिन छोड्नु पर्ने परम्परा रहेको छ। तर, पछिल्लो समय पिङ खेल्ने प्रचलन कम हुँदै गएको छ। सहर–बजारमा खुला ठाउँको अभावका कारण पिङ खेल्न गाह्रो छ भने गाउँमा पनि पिङ हाल्ने प्रचलन घट्दै गएको देखिन्छ।
पहिले–पहिले गाउँभरीका सबै मिलेर पिङ खेल्थे र बालबालिका तथा युवायुवतीहरू दशैंको रमाइलो पिङमा रमाउँथे। आजभोलि भने पिङ कतै–कतै मात्र देखिन्छ।
यसैबीच, आज काठमाडौँमा हालिएको पिङमा बालबालिका र युवायुवतीहरू उत्साहपूर्वक रमाइरहेको देख्न सकिन्थ्यो, जसले दशैंको सांस्कृतिक र रमाइलो पक्ष अझै जीवित रहेको देखाउँछ।
तस्बिरहरू: