
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनापछि पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बसेको छ। एमालेका अध्यक्ष केपी ओलीको भक्तपुरको गुण्डुस्थित भाडाको घरमा एमालेको सचिवालय बैठक आइतबार दिउँसो सुरु भएको एक सहभागीले जानकारी दिए।
बैठकमा जेनजी आन्दोलनपछिको असहज परिस्थितिबारे छलफल र समीक्षा हुने बुझिएको छ।
एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला एमाले सचिवालय बैठक बसेको हो।
कतिपय एमाले पदाधिकारी तथा अन्य कमिटीमा रहेका नेताहरूले अध्यक्ष केपी ओलीलाई पद छाडेर मार्गप्रसस्त गर्न दबाब दिइरहेका छन्।
एमाले अध्यक्ष ओली आफैँ पनि पद त्याग गर्ने मुुडमा नरहेको र आफ्ना कदमहरूको समीक्षा गर्न तयार नभएको सन्देश दिइरहेका छन्।