पुननिर्माण सकेर स्थानीयले हस्तान्तण गरे नाङ्लेभारे प्रहरी चौकी

पुननिर्माण सकेर स्थानीयले हस्तान्तण गरे नाङ्लेभारे प्रहरी चौकी
+
-

काठमाडौँ – जेनजी आन्दोलनको नाममा ध्वस्त पारिएको नाङ्भारे प्रहरी चौकी स्थानीयले पुननिर्माण गरेर हस्तान्तरण गरेका छन्।

भदौ २४ गते जेनजी आन्दोलनको बहानमा तोडफोड र आगजनी गरिएको प्रहरी कार्यालयलाई पहिले भन्दा राम्रो बनाएर आइतबार हस्तान्तरण गरिएको हो।

बौद्ध प्रहरी वृत्तका इन्चार्ज सन्तोष रोक्का, शंखरापुर नगरपालिका मेयर रमेश नापित, वडाअध्यक्षहरु, स्थानीयको बाक्लो उपस्थितिमा पुननिर्माण समितिले चौकी हस्तान्तरण गरेको हो।

पुननिर्माणका लागि स्थानीय ज्ञानु तामाङको अध्यक्षतामा समिति गठन गरेर सार्वजनिक रुपमा सहयोग आह्वान गरिएको थियो। पुननिर्माण समितिका सचिव बद्री चौलागाईका अनुसार आर्थिक, जिन्सी र श्रमदान गरी पुननिर्माणका लागि करिब १२ लाख खर्च भएको जानकारी दिए।

अधिकांश ठाउँमा आन्दोलनका क्रममा ध्वस्त पारिएका प्रहरी चौकी स्थानीय आफैंले मर्मत गरेर पुनस्थापना गराउँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष