
नेपालगन्ज – बाँके प्रहरीले भारतबाट ल्याउँदै गरेको ब्रोइलर कुखुरासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, जमुनाहागाउँका गणेश कवाडिया ४० वटा ब्रोइलर कुखुरासहित पक्राउ परेका हुन् । उनले साइकलमा राखेर कुखुरा ल्याइरहेका थिए ।
नेपालगन्जमा भारतीय कुखुरा भित्रिने गरेको ठूलो जनगुनासो रहेको छ । यहाँका कुखुरा व्यवसायीहरुले भारतीय कुखुरा रोक्न पटक(पटक आन्दोलन गर्ने गरेका छन् । जिल्लामा नयाँ प्रहरी प्रमुख आएसँगै भारतबाट आउने कुखुरा रोक्न थालिएको छ । प्रहरीले पक्राउ परेका व्यक्ति, साइकल र कुखुरा पशु क्वारेनटाइन पठाएको छ ।