
एमाले सचिवालयको बैठक आइतबार भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको छ।
सामान्यतया: एमाले पार्टी कार्यालय च्यासलमा बस्ने सचिवालय बैठक जेनजी आन्दोलनको पृष्ठभूमिमा गुण्डुमा बसेको हो।
बालकोटस्थित घर जलेपछि अध्यक्ष ओली अहिले भक्तपुरको गुण्डुको भाडाको घरमा बसिरहेका छन्।
एमाले सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिवहरू प्रदीप ज्ञवाली. पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई र गोकर्ण बिष्टलगायत गुण्डुस्थित ओली निवासमा पुगेका हुन्।
तस्बिरहरू: