
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।
उनले दसैँका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने जानकारी गराएका हुन्।
‘पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झै हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं,’ पूर्वराजाले आइतबार दिएको सन्देशमा छ।