
काठमाडौँ – सरकारी निर्णयविनै सुविधाको गाडी लिएका राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले फिर्ता गरेका छन्।
अरु पूर्वपदाधिकारीको हकमा सरकारले कानुन नभए पनि निर्णय गरेर सुविधा दिँदै आएकोमा तिमिल्सिनाले भने निर्णय नै भए पनि संसद सचिवालयका गाडी प्रयोग गर्दै आएका थिए।
जेनजी आन्दोलनपछि बनेको सरकारले पूर्वपदाधिकारीको सुविधा खोस्ने निर्णय गरेसँगै तिमिल्सिनलो कास्की प्रहरीमार्फत गाडी फिर्ता गरेका हुन्।
यसअघि उनले अरु पदाधिकारीले पाउँदा आफूले कि नपाउने भन्दै सचिवालयले पटक पटक ताकेता गर्दा पनि गाडी फर्ता गरेका थिएनन्।
संसद सचिावलयका अनुसार उनले बा सी ३७३८ नम्बरको विद्युतीय गाडी प्रयोग गर्दै आएका थिए।