
देश सञ्चार
असोज १२, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
खनाल पत्रकारिता क्षेत्रमा आवद्ध छन्।
यस्तै प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त भएका छन्।

