सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी
+
-
देशसञ्चार AI सारांश
  • बर्दिबास नगरपालिका स्थित सामुदायिक वन क्षेत्रमा चरीचरण बन्द गरेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ।
  • महिला सहभागिताले वन संरक्षणको पहलकदमी बढ्दै, स्थानीयस्तरमा सकारात्मक नतिजा प्राप्त भएको उपभोक्ता समितिका पदाधिकारीले बताए।
  • वन संरक्षणले पर्यटकीय आकर्षण बढ्दै, स्थानीय र निकायको पहलमा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन लागिपरिनुपर्ने सुझाव पेश भयो।

महोत्तरी – जिल्लाको बर्दिबास नगरपालिका(३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ। बर्दिबास–३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको हो।

करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीका २१० परिवार उपभोक्ता छन्। दुवै वन एउटै क्षेत्रभित्र पर्ने भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउने उद्देश्यले रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ। यसको उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन्। “एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ”, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीले भने, “वन संरक्षणमा यहाँका महिलाले देखाउनुभएको अग्रसरता अनुकरणीय छ।”

वनमा चरीचरणपूर्ण बन्द गरिएपछि एक(दुई वर्षको अन्तरालमा सालका पथरा हलक्क बढेका उनले बताए। उनका अनुसार वनमा बहुमूल्य मानिने साल ९साखु, सखुवा० करिब ४० प्रतिशतभन्दा बढी छन्। अहिलेको कालीदमार वनक्षेत्रमा कालापानी उद्यान (पार्क) पनि निर्माण गरिएको छ। बिपी राजमार्गको दायाँ(बायाँ पर्ने यो संरक्षित वनक्षेत्रमा अहिले मयुर र लुइँचेपक्षी बाक्लै बढेका छन्। यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या पनि बढेको रायमाझीले जानकारी दिए। कालापानी उद्यानको संरक्षित वनक्षेत्रका हरिण मान्छेसँग खेल्ने गरेका उनको भनाइ छ।

“यो वनक्षेत्रमा नयाँ चराचुरुङ्गी बढेका छन्”, उनले भने। वन क्षेत्रको संरक्षणमा घरघरका महिलाले प्रत्यक्ष सहभागिता जनाउन थालेपछि सकारात्मक नतिजा आउन थालेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठले बताए। “वन संरक्षणको क्षेत्रमा हामी महिला प्रत्यक्ष रूपमा सहभागी भई पहरेदारी गर्दै आएका छौँ”, उनले भने, “यो सामूहिक प्रयत्नले अहिले वन जोगिनुका साथै बढेको पनि छ।” वन संरक्षणका लागि दुवैका उपभोक्ता समितिबीच आपसी समन्वय र सहकार्य हुने गरेको श्रेष्ठले बताए।

अहिले वन संरक्षणमा महिलाको चासो बढ्दा सकारात्मक परिणाम देखिएका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख एवं वरिष्ठ वन अधिकृत अजय मिश्रले बताए। उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको चिरिविर (कलरब) ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ।

“नाम नजानिएका थरिथरिका चराचुङ्गी देखिन थालेका छन्, उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मानिस छिर्न नमिल्ने बनाइएकाले अवैद चोरीसिकारी रोकिएको रहेछ”, उद्यान अवलोकनमा पुगेका होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले भने, “वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना देखिन्छ।”

स्थानीय नागरिकको प्रयत्न, स्थानीय निकाय, सरोकार भएका निकायको पहलमा पूर्वाधार विकासमा जोड दिन सके यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने कार्कीले धारणा राखे। महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र छ। यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्त्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन्।

“यहाँ महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरादेवी शक्तिपीठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलालगायत फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पहाडी थुम्का छन्”, बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हीरालाल गौतमले भने। प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके आर्थिक समृद्धि प्राप्त गर्न समस्या नहुने उनको भनाइ छ। यसका लागि तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्नेमा उनले जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?