‘जेनजी आन्दोलनमा विराटनगरमा भएको आगजनीमा राजनीतिक दलक नेताको संलग्नता देखियो’

‘जेनजी आन्दोलनमा विराटनगरमा भएको आगजनीमा राजनीतिक दलक नेताको संलग्नता देखियो’
+
-
देशसञ्चार AI सारांश
  • विराटनगरमा जेनजी आन्दोलनको क्रममा सरकारी र निजी क्षेत्रका भौतिक सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो।
  • सुरक्षा निकायका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेता तथा कार्यकर्ताले आन्दोलनमा हिंसात्मक गतिविधि गरेको देखिएको छ।
  • राजनीतिक दलका नेताहरुले आन्दोलनमा युवाहरूलाई उकासेको देखिएसँगै प्रहरीले घटनाका सम्बन्धमा कानुनी कारबाही गर्ने तयारी गरेको छ।

मोरङ – भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा विराटनगरमा ठूलो संख्यामा सरकारीदेखि निजी क्षेत्रका भौतिक सम्पत्तिमा आक्रमण भएको थियो।

यसअघि, २३ गते शान्तवातावरणमा प्रदर्शन भएपनि त्यसको भोलीपल्ट एकाएक आन्दोलन हिंस्रक बनेको थियो। यद्यपि, हाल प्रहरीले आन्दोलनका क्रममा आगजनी, तोडफोड र अराजक गतिविधिमा सहभागीहरूको पहिचान गर्ने कार्य गरिरहेको छ।

आन्दोलनका क्रममा प्रदेश सरकारका संरचना, सरकारी कार्यालय, व्यक्तिका घर र ब्यवसायिक भवनसमेतलाई लक्षित गरिएको थियो।
विराटनगरस्थित सुरक्षा निकायका अनुसार आन्दोलनका क्रममा भएको घुसपैठमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका स्थानीय कार्यकर्ता तथा नेताको भूमिका देखिएको छ।

सुरक्षा निकायका अनुसार कतिपय स्थानमा उनीहरूले युवालाई आक्रोशित बनाएपछि घटना भएको देखिएको छ। हाल सामाजिक सञ्जालमा समेत आगजनी र तोडफोडमा नेता एवं कार्यकर्ता प्रत्यक्ष सहभागी बनेको दृश्य उजागर हँुदै आएको छ।

सामाजिक सञ्जालमा छरिएको भिडियोमा आगजनीमा संलग्नमध्ये माओवादीका कोशी प्रदेश सदस्य ताजिम अन्सारी पनि देखिएका छन्।
अन्सारी पूर्वमन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद अमनलाल मोदीको स्वकीय सचिवको जिम्मेवारीमा थिए।

घटनासँग सम्बन्धित भिडियो उनी आफैंले सामाजिक सञ्जाल टिकटकमा पोस्टसमेत गरेका थिए। यद्यपि, तीव्र आलोचना र रुष्ट कमेन्ट आएपछि ती पोष्ट हटाएका छन्।

माओवादीको मोरङ क्षेत्र नम्बर ४ का संयोजकसमेत रहेका अन्सारीमाथि जिल्ला प्रशासन, आन्तरिक राजस्व र नापीलगायत कार्यालयमा आगो लगाउँदै तोडफोड गरेको आरोप लागेको छ।

तर, अन्सारीले भने आगजनी र तोडफोड हुनबाट आफूले सरकारी कार्यालयलाई जोगाएको दाबी गर्दै आएका छन्। त्यसैगरी, आगजनी र तोडफोडमा विराटनगरकै समीर हुसेनलगायत आपराधिक पृष्ठभूमिका व्यक्तिसमेत संलग्न रहेको सुरक्षा स्रोतले जनाएको छ।

अपहरण तथा डकैतीमा संलग्न भएको आरोपमा गत असारमा पक्राउ परेका हुसेन अदालतले मागेको धरौटी बुझाएर छुटेका हुन्।
यस क्रममा माओवादीमा आबद्ध विराटनगरका कुशल पाण्डे र आशिव अन्सारी पनि पक्राउ परेका थिए। त्यसैगरी, घटनामा एकीकृत समाजवादीको मोरङ जिल्ला सदस्य विराटनगरका शिवराम सहनी पनि संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हातमा बेल्चा बोकेर सहनीले आगजनी एवं तोडफोड गर्ने ठूलो हुलको नेतृत्व गरेको देखिएको छ। उनले विभिन्न स्थानमा भीडलाई उकासेर आगजनी गर्न लगाउने गरेको देखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार आगजनी गर्दैै सञ्चारमाध्यममा उत्तेजक हिसाबले आफ्नो कुरा राखेका भिडियो सुरक्षित राखिएको छ।

घटनापछि प्रतिक्रिया दिँदै माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले आगजनी र तोडफोडमा पार्टीको कुनै योजना एवं मनसाय नरहेको बताएका छन्।

उनले भने, ‘घटनामा जो–जो संलग्न भएका छन्, उनीहरू आफ्नै हिसाबले गएका हुन्। हाम्रो पार्टीले त कारबाहीको कुरा गरिसकेको छ। अरु कुरा राज्यले सोचेको होला,’।

त्यसैगरी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य ओसिम आलम जेनजीको देशव्यापी आन्दोलनमा व्यापक घुसपैठ भएको दाबी गर्छन।
उनले भने, ‘आन्दोलन र घुसपैठलाई एउटै नजरले हेर्न मिल्दैन। सरकारप्रतिको असन्तोषले आन्दोलन भएको थियो। त्यो जायज पनि हो। तर, घुसपैठ, आगजनी, तोडफोड र लुटपाट अपराध हो।’

प्रहरीका अनुसार यसक्रममा अपराधिक पृष्ठभूमिका व्यक्ति पनि प्रत्यक्ष सहभागिता देखिएको छ। आन्दोलनमा नेतृत्व गर्दै अघि बढेका केहीले राष्ट्रिय झण्डाको समेत दुरुपयोग गरेको देखिएको छ।

राष्ट्रिय झण्डासहित उनीहरूले देवकोटा चौकस्थित प्रदेश सभा भवन, मोरङ जिल्ला अदालत, उच्च अदालत विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, महानगरपालिका, वडा कार्यालय ध्वस्त बनाएका थिए।

स्थानीय एक उद्योगीका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूनै विभिन्न स्थानका घटनामा संलग्न रहेको बताउँछन्। उनले भने, ‘भाटभटेनी मल जलाएपछि उनीहरूको लक्ष्य सेन्ट्रल बजार रहेको थियो। जब हामीले उनीहरू आगजनि र आन्दोलनमा हावी भएको थाहा पायौं। पटक पटक फोन गरि अनुनय र विनय गर्दै थप आगजनि नगर्न आह्वान गर् यौँ।’

 

विराटनगर सानै शहरको भएको बताएका उनले भने, ‘विराटनगर र यहाँका स्थानीय सबैले एकअर्कालाई चिन्छन्। यसको एउटा सुखद पक्षपनि यही हो। त्यसैलेपनि ती स्थानीय नेताले कटहरी, जहँदा, सुनसरीतिरबाट युवाहरू बोलाएर तोडफोड गरेका हुन्। उनीहरू सेन्ट्रल बजारमा आगजनि गर्न अघि बढिसकेका थिए। तरपनि कसोकसो गरे जोगायौं। त्यसअघि भाटभटेनीको सन्र्दभमा हामीले जानकारी पाउनुअघि नै ध्वस्त भइसकेको थियो।’ भाटभटेनी जलिरहँदा धेरैसंख्यामा रोजगारी गुमेको बताउँदै उनले यस्तप्रकारले अन्यत्रपनि आगजनिले भीषण क्षति पुराएको बताए।

उच्च अदालतमा कार्यरत ती अधिवक्ताका अनुसार २४ गतेको विहानसम्म सामान्य अवस्था रहे पनि दिउँसोबाट घटना भएको बताए।
उनले भने, ‘मुद्दा मामिला भएको र अदालतमा आफ्ना कागजात छ भन्ने जानकार ब्यक्तिकै इशारामा घटना भएको हो। केही युवाले प्रहरीलाई लक्षित गरेपछि ज्यान जोगाउन अदालत परिसरमा प्रहरी आए। त्यसलगत्तै हुलका हुल आन्दोलनकारीका नाममा स्थानीय नेता अदालतमा पसे र आगजनी गरे।’

यसबाट अदालत शून्य अवस्थामा पुगेको उनको भनाइ छ। २०१० सालदेखिका महत्वपूर्ण अभिलेख, कागजात तथा दस्तावेजहरू जलाइएको उनले बताए।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कवित कटवाल जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधि कानुनी कारबाहीको दायरामा आउने बताउँछन्।

केही दिन मात्र मोरङको प्रमुख भएर आएका कट्वालले भने, ‘त्यस्तालाई कारबाही गर्ने प्रहरीको स्पष्ट नीति छ।
सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गर्नेहरूलाई उन्मुक्ति दिने प्रश्नै उठ्दैन’ उनका अनुसार आगजनी र तोडफोडबाट क्षति पुगेका संरचनाको मुचुल्का उठाउने काम भइसकेको छ। प्रहरीले पछिल्लो समय घटनासँग सम्बन्धित फोटो, भिडियो र अन्य प्रमाण संकलन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?