एसियाकप: १८ वर्षदेखि फाइनलमा भारतसँग नहारेको पाकिस्तानले आज के गर्ला?

एसियाकप: १८ वर्षदेखि फाइनलमा भारतसँग नहारेको पाकिस्तानले आज के गर्ला?
+
-
देशसञ्चार AI सारांश
  • भारत र पाकिस्तान ४१ वर्षमा पहिलो पटक एसियाकप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्न लागेका छन्।
  • समूहचरण र सुपर-४ मा भारतले पाकिस्तानलाई हराए तापनि फाइनलमा पाकिस्तानसँग १८ वर्षपछि प्रतिस्पर्धा हुनेछ।
  • फाइनलमा दुबै टिम कट्टर प्रतिद्वन्द्वीलाई हराएर इतिहास रच्ने आशामा रहेका छन्।

भारत र पाकिस्तानबिच ४१ वर्षमा पहिलो पटक एसियाकप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा हुँदै छ। आइतबार राति ८:१५ बजे दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा वर्तमान अवस्थामा बलियो भारत र फाइनलमा राम्रो ट्र्याक रेकर्ड रहेको पाकिस्तान दुबै उपाधि जितेर इतिहास रच्ने ध्याउनमा हुने छन्।

समूहचरण र सुपर-४ मा दुइ पटक भिड्दा दुबै पटक भारतले पाकिस्तानलाई सहज रुपमा पराजित गर्दै उपाधिमा आफ्नो एकल दाबेदारी देखाएको थियो। तर फाइनल इतिहास भने पाकिस्तानले १८ वर्ष यता भारत सँग हारेको छैन्। जसले गर्दा यि दुई टिमबिचको यो फाइनललाई बहुप्रतिक्षित मानिएको छ।

एशियाकपको यो १७ औं संस्करण हो। यसअघि कहिले पनि एकअर्का विरुद्ध फाइनलमा नभिडेका यि दुई टिमले पहिलो पटक एसियाकपको फाइनलमा भिड्दा दुबै टिम एक अर्कालाइ हराउँदै आफ्नो कट्टर दुश्मन विरुद्ध जितको एतिहासिक खुसी मनाउने सुरमा मैदान उत्रिने छन्। १९८४ मा अंकको आधारमा भारत च्याम्पियन घोषित भएको थियो। त्यसपछि भएका १५ फाइनलमा १३ पटक भारतले एकतर्फी जित हासिल गरेको छ। यसमा २ पटक उपाधिको छिनोफानो अन्तिम बलमा भएको थियो।

भारत र पाकिस्तानबिच अन्तर्राष्ट्रिय क्रिकेटमा १३ औं पटक ट्राइसिरिज या फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका १२ फाइनलमा ८ पटक पाकिस्तान र ४ पटक भारत विजयी भएको इतिहास छ। पछिल्लो पटक २०१७ को आइसीसी च्याम्पियनसिप ट्रफिको फाइनलमा भिडेका थिए। जहाँ पाकिस्तानले बाजी मारेको थियो। भारतले पछिल्लो पटक २००७ मा भएको टी-२० विश्वकपको फाइनलमा पाकिस्तानलाई हराएर उपाधि जितेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?