ओली, लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्नसमेत रोक

ओली, लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्नसमेत रोक
+
-
देशसञ्चार AI सारांश
  • छानबिन आयोगले पूर्वप्रधानमन्त्री ओलीसहित पाँच अधिकारीलाई बिनाअनुमति उपत्यका बाहिर जान नदिन सरकारलाई निर्देशन दिएको छ।
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित छानबिनका लागि उनीहरूको विदेश भ्रमणमा रोक लगाएको छ।
  • आयोगले अनुसन्धान प्रभावकारी बनाउन गृह मन्त्रालयसँग विज्ञसहितको थप जनशक्ति उपलब्ध गराउन माग गरेको छ।

काठमाडौँ – छानबिन आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना पदाधिकारीको पासपोर्ट रोक्का गर्नुका साथै उपत्यका छाड्न रोक लगाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न गठित न्यायायिक आयोगले आफ्नो अनुमतिबिना उपत्यका बाहिर जान नदिन सिफारिस गरेको हो।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले आइतबार सरकारलाई पत्राचार गर्दै ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख, हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान नदिन भनेको हो। उनीहरूको पासपोर्ट पनि रोक्का गरिएको छ।

आयोगले गरेको निर्णयमा भनेको छ, ‘भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्न हुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।’

छानबिन आयोगले काम प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको थप जनशक्ति उपलब्ध गराउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो पासपोर्ट रोक्का गरेर देखाउन सरकारलाई चुनौती दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?