
काठमाडौँ- काठमाडौँ महानगरपालिका- २०, बिछेँबहामा गए राति भीषण आगलागी भएको छ ।
स्थानीयका अनुसार आगलागी राति करिब ३ बजेदेखि सुरु भएको हो । आगोले तीन वटा घर र एक मन्दिरलाई ठूलो क्षति पुर्याएको बताइएको छ ।
आगो नियन्त्रणका लागि काठमाडौँ महानगर र ललितपुर महानगरका दमकल प्रयोग भइरहेका छन् भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी समेत खटिएका छन् । तर आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीयले आगो कपडा गोदामबाट सुरु भएको बताएका छन्, तर वास्तविक कारण अहिलेसम्म पुष्टि भएको छैन