
काठमाडौँ- आज बडा दशैंको सातौँ दिन फुलपातीको अवसरमा काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्ने यात्रुहरूको चहलपहल बढेको छ।
गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र जडिबुटी क्षेत्रमा बस तथा अन्य सवारी साधन कुर्नेको भीड देखिएको छ। आजका दिन धेरैले काठमाडौँ छाडेर आफ्नो गन्तव्यतर्फ लागेकाले सवारी साधनको चापका कारण विभिन्न नाका अस्तव्यस्त देखिएका छन्।
तस्बिरमा कोटेश्वर-जडिबुटी मार्गबाट काठमाडौं छाड्ने यात्रु र गाडीहरूको भीड देख्न सकिन्छ।
तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी।