मध्यरातमा आरजुको भाइको घरमा छापा हान्नुको यस्तो छ कारण

मध्यरातमा आरजुको भाइको घरमा छापा हान्नुको यस्तो छ कारण
+
-
देशसञ्चार AI सारांश
  • आइतबार राति सिआइबीले नेतृ आरजु राणाका भाइ भूषण राणाको घरमा छापा मारेर केही कागजात बरामद गर्यो।
  • शेरबहादुर देउवाको साला राणा देशबाहिर रहेकाले अनुसन्धानले भुटानी शरणार्थी प्रकरणलाई विस्तार गर्ने उद्देश्य राखेको छ।
  • प्रमुख मनोज केसीको पुनर्बहालीले पुरानो अनुसन्धानलाई अघि बढाउँदै उच्च तहका अधिकारीहरूको लिंक जोड्न खोजिएको छ।

काठमाडौँ – आइतबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सभापति शेरबहादुर देउवाको साला तथा नेतृृ आरजु राणाका भाइ भूषण राणाको घरमा खानतलासी गर्यो। प्रहरी स्रोतका अनुसार राणाको घरबाट केही कागजात लगिएको छ।

राणा भने देश बाहिर रहेकाले पक्राउ परेनन्। सिआइवीले राणाको घरमा छापा हानेर कागजात लैजानुको पछाडि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई थप विस्तार गर्नु रहेको बुझिएको छ।

सिआइवीमा उक्त करणकोे अनुसन्धान गरिरहेका एआइजी मनोेज केसीको सरुवा भएपछि भुटानी प्रकरणको अनुसन्धान र अभियोजनलाई जतिसक्यो साँघुरो पारेर उच्च राजनीतिक र प्रशासनिक नेतृत्वलाई जोगाएको थियो।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले केसीलाई पुन सिआइवी प्रमुखको जिम्मेवारी दिएपछि थप अनुसन्धानका लागि राणाको घरमा खानतलासी गरिएको विश्वस्त स्रोतले देशसञ्चारलाई जानकारी दियो।

स्रोतले भन्यो, ‘केसी प्रमुख हुँदा भुटानी प्रकरणको अनुसन्धान जुन रुपमा अघि बढेको थियोे। उनी हटेपछि विल्कुल फरक रुपमा अनुसन्धान लगियो र अभियोजन पनि त्यसैअनुसार गरियो। त्यसैलाई सच्याउन थप अनुसन्धानको सिलसिलामा छापा हानिएको हो।’

आरजुका भाइ भूषण राणाको घरमा सिआइबीको छापा

सुरु अनुसन्धानका क्रममा गरिएको बयान र प्राप्त प्रमाणले उच्च तहका राजनीतिक नेतृत्व र प्रशासनिक व्यक्तिहरु सोझै जोडिए पनि केसी हटेपछि पहुँचविहीन केही उच्च तहका व्यक्ति र सानालाई मात्रै अभियोजन गरिएको थियो।

स्रोतका अनुसार केसीले छाडेको ठाउँबाट अनुसन्धानलाई पुनः अघि बढाउँदा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहेका तत्कालीन गृहसचिव प्रेम राई पनि तानिनेछन्।

त्यस्तै अनुसन्धानले आरजु र ओलीका स्वकीयसचिव राजेश बज्राचार्यको समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिने अवस्था रहेको सिआइवी स्रोतले जानकारी दियो।

नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री बालकृृष्ण खाँड, सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ। उनीहरूविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गर्दै ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?