
हुम्ला – खार्पुनाथ गाउँपालिकाले चालु वर्ष बीस लाखभन्दा माथिका योजना टेण्डर आह्वान गरेर निर्माण अगाडि बढाएको छ। गाउँपालिकाको कार्यपालिका बैठकबाट सर्वसम्मत निर्णय गराएर बीस लाखभन्दा माथिका योजना उपभोक्ताबाट नगराई टेण्डर आह्वान गरि निर्माण कार्य गर्न लागिएको हो।
अधिकांश योजना उपभोक्ता समितिबाट निर्माण अगाडि बढाउँदा सेवाग्राहीबाट गुनासो आएपछि यस आर्थिक वर्षमा निर्माण गर्न लागिएका बीस लाखभन्दा माथिका सबै योजनालाई कार्यपालिका बैठकले निर्णय गरेर टेण्डर आह्वान गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।
उनका अनुसार गत वर्ष एक करोडभन्दा माथिका योजना मात्र टेण्डर आह्वान गरेर निर्माण अगाडि बढाइएकोमा यसवर्ष त्यसो नगरी बीस लाखभन्दा माथिका जति पनि योजना निर्माण गरिन्छ, ती सवै अब टेण्डर आह्वान गरेर निर्माण अगाडि बढाइनेछ।
कार्यपालिकाबाट निर्णय भएपछि हाल यी सबै योजनाको प्राविधिकले लागत इष्टिमेट तयार गर्ने कार्य गरिरहेको र दशँैलगत्तै टेण्डर आह्वान हुनेछ।