
अ
+
अ
अ
-
काठमाडौँ– दशैंका लागि गोरखा दरबारबाट ल्याइएको फूलपाती बसन्तपुरस्थित हनुमानढाेका दरबारमा भित्र्याएको छ। दशैंका लागि गोरखा दरबारबाट ल्याइएको फूलपाती बर्षेनि हनुमानढोका दरबारको दशैंघरमा ल्याइने गरिन्छ।
आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमानढोका दरबारका लागि फूलपाती पठाइएको थियो।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा भित्र्याउने गरेका थिए।
त्यो प्रचलन आज निरन्तर गरिँदै आइएको छ।
तस्बिहरू