
- नेपालले टस जितेर वेस्टइन्डिजविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको र आदिल आलमले टिममा पुन: मौका पाएका छन्।
- पहिलो खेलमा नेपालको रोमाञ्चक जितपछि टोलीको सामूहिक प्रदर्शनको विश्वभर प्रशंसा भएको थियो।
- सिरिज कब्जा गर्ने लक्ष्यमा रहेको नेपाल, वेस्टइन्डिजलाई दोस्रो खेलमा पुन: हराउन तयारीमा जुटेको छ।
युएइमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी(२० सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर वेस्टइन्डिज विरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ। दोस्रो खेलमा आदिल आलम प्लेइङ ११ मा फर्किदा सन्दीप लामिछाने भने फेरी पनि बेन्चमा रहेका छन्। नन्दन यादवको स्थानमा आलमले मौका पाएका हुन्।
सारजाहमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। पहिलो खेलमा पनि पहिले ब्याटिङ गरेको नेपालले वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकालेको थियो।
आज नेपाल अन्तिम खेल अगावै सिरिज कब्जा गर्ने लक्ष्यमा रहँदा दुइ पटकको विश्व च्याम्पियन वेस्टइन्डिज भने सिरिजमा कायम रहनका लागि मैदान उत्रिने छ। पहिलो खेलमा १९ रनको अप्रत्याशित हार भोगेको वेस्टइन्डिज गल्ती नगर्ने पक्षमा रहेको छ।
पहिलो खेलमा वेस्टइन्डिजलाई हराएपछि नेपाली टोलीको विश्वभर प्रशंसा भएको थियो। साथै नेपालले पनि आफूलाई उत्कृष्ट प्रमाणित गर्न सफल भएको थियो। पहिलो खेलमा नेपालको सामूहिक प्रदर्शनले नतिजा दिएको थियो।
नेपालको प्लेइङ ११
रोहित कुमार पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, आदिल आलम, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी