
- नेपालले वेस्टइन्डिजलाई हराउँदै टेस्ट टोलीविरुद्ध ऐतिहासिक सिरिज जित हात पार्दै नया इतिहास रचेको छ।
- नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले वेस्टइन्डिजलाई १७.१ ओभरमा मात्र ८३ रनमा अलआउट गरे।
- आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ खेलेपछि नेपालले १७३ रनको उच्च लक्ष्य प्रस्तुत गर्यो।
युएइमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी-२० सिरिज नेपालले अन्तिम खेल बाँकी रहँदै जितेको छ। सोमबार भएको आफ्नो दोस्रो खेलमा वेस्टइन्डिजमाथि ९० रनको फराकिलो जित निकाल्दै नेपालले एतिहासिक रुपमा पहिलो पटक टेस्ट टोली विरुद्ध सिरिज २-० ले जितेर नयाँ इतिहास बनाएको हो। अब नेपाल र वेस्टइन्डिज विचको अन्तिम खेलमा भोली प्रतिस्पर्धा हुने छ।
यसअघि वेस्टइन्डिज नेपालसँग पराजित हुने पहिलो टेस्ट टोली बनेको थियो। सारजाहमा सोमबार पनि नेपाल सबै कुरामा उत्कृष्ट देखियो। ब्याटिङ बलिङ र फिल्डीङमा नेपाली खेलाडीको अविश्वसनिय प्रदर्शनले वेस्टइन्डिज फराकिलो हार भोग्न बाध्य भयो। दोस्रो खेलमा वेस्टइन्डिज पुरै ओभर समेत खेल्न असफल भयो। वेस्ट इन्डिज केवल १७.१ ओभरमा ८३ रनको अवस्थामा अलआउट हुन बाध्य भयो।
नेपालको जितमा राष्ट्रिय टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलमले आफ्नो पुनरागमनलाई सुखद बनाउँदै महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले ३ विकेट लिंदा दिपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७३ रनको उत्कृष्ट इनिङ खेलेको थियो। नेपालले उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ खेले शेखले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाउँदा सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६३ रन बनाए। त्यस्तै मोहम्मद आलमले ११ रन बनाएका थिए। वेस्टइन्डिजका लागि अकिल होसेन र क्याली मेयर्सले २-२ विकेट लिंदा जेडिसा ब्लाडेसले १ विकेट लिए।