विद्युत् ‘फेज’ असन्तुलनले पोल्ट्री फार्ममा करोडौँको क्षति

विद्युत् ‘फेज’ असन्तुलनले पोल्ट्री फार्ममा करोडौँको क्षति
+
-
देशसञ्चार AI सारांश
  • विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा एपिभी एग्रो पोल्ट्री फार्ममा १० हजारभन्दा बढी कुखुरा मरेका छन्।
  • कुखुरा मर्दा सञ्चालकले मासिक रु १५ लाख आर्जन गुमाउँदै करोडभन्दा बढी क्षति भएको बताए।
  • विद्युत् प्राविधिकका अनुसार असामान्य उपकरण चल्दा फार्ममा ग्यास भरिँदा कुखुरा निसासिएर मरेका हुन्।

घोडाघोडी (कैलाली)- कैलालीको लम्कीचुहा नगरपालिका–७ हरैयापुरस्थित एपिभी एग्रो पोल्ट्री फार्ममा १० हजारभन्दा बढी कुखुरा मरेका छन् । विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा गत शुक्रबार एकै रात वर्षौको लगानी गुमेको सञ्चालक दुर्गा बोहोराले जानकारी दिए।

विसं २०७८ मा करिब रु सात करोड लगानीमा सञ्चालित यस फार्ममा पछिल्लो १० महिनायता १२ हजार कुखुरापालन गरिएका थिए ।

तीन महिनाअघिबाट अण्डा उत्पादन गरी मासिक रु १५ लाखसम्म आम्दानी भइरहेको अवस्थामा कुखुरा मर्दा करोडभन्दा बढी क्षति भएको बोहोराले बताए।

विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा कुखुराहरु मरेको विद्युत् प्राविधिक धीरेन्द्र शाहले बताए। उनका अनुसार कुनै बेला विद्युत् मर्मत गर्दा फेज सिक्वेन्स नमिलेकाले फार्मभित्र ग्यास फ्यान र अन्य उपकरण असामान्य रूपमा चल्दा एमुनिया ग्यास अत्यधिक भरिँदा कुखुरा निसासिएर मरेका हुन् ।

शुक्रबार राति त्यस क्षेत्रका अन्य फार्ममा पनि यस्तै  समस्या आएको थियो । शाहले भने, “सोही वडाको खप्तड ह्याचरीमा पनि फेज सिक्वेन्स नमिले समस्या आएको थियो, समयमै खबर पाउँदा राति १२ः०० बजे नै त्यहाँ पुगेर समस्या समाधान गर्दा दुर्घटना भएन ।”

फार्म सञ्चालक बोहोराअनुसार विद्युत् आपूर्तिमा समस्या हुँदा अत्यधिक भरिँदा ठूलो नोक्सानी बेहोर्नुपरेको हो ।

“हामी सबै सुतेका थियौँ, बिहान ४ः०० बजे मात्र फार्म हेर्दा १० हजारभन्दा बढी कुखुरा मृतावस्थामा भेटियौँ, केही बचेका छन्, ती पनि मर्ने अवस्थामा छन्”, उनले भने,“बिमा गरेको भए पनि केही राहत मिल्ने थियो, समयमा सोच्न सकिएन । अब पछुताउनुभन्दा अर्को विकल्प रहेन ।”

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष